साविकका जिल्ला शिक्षा कार्यालयहरुलाई नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७४।१२।२७ को निर्णय अनुसार गृह मन्त्रालय (जिल्ला प्रशासन कार्यालय) अन्तर्गत रहने गरी शिक्षा विकास तथा समन्वय इकाइको रुपमा कायम गरिएको थियो । नेपाल सरकार मन्त्री परिषदको मिति २०७५।९।९ तथा मिति २०८३।०४।११ को निर्णय अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत संघीय कार्यालयको रुपमा देशका सबै जिल्लाहरुमा रहने गरी हाल शिक्षा विकास तथा समन्वय एकाइको व्यवस्था गरिएको छ ।

मुलतः यस एकाइबाट जिल्लाको शैक्षिक तथ्याङ्क व्यवस्थापन, जिल्लामा स्थायी शिक्षकहरुको नियुक्ति तथा सरुवा सम्बन्धि कार्य, शिक्षकको कार्यसम्पादन मुल्याङ्कन, सेवा निवृत्त शिक्षकहरूको सुविधा सिफारिस तथा कक्षा १० र १२ को परीक्षा सञ्चालन र व्यवस्थापन र शिक्षक सेवा आयोगबाट प्रत्यायोजित कार्यहरु सम्पादन हुने गरेका छन् । यसको साथै जिल्लामा अन्तर स्थानीय तह तथा निकाय समन्वय सहजीकरण तथा विद्यालय शिक्षाको विकासका लागि जिल्ला स्तरमा सञ्चालन हुने र हुनसक्ने कार्यक्रमहरुको लागि प्राविधिक सहयोग र समन्वय गर्ने कार्य समेत यस शिक्षा विकास तथा समन्वय एकाइले गर्दै आएको छ ।

यो कार्यालय कपिलबस्तु जिल्लाको कपिलबस्तु नगरपालिका वडा नं २ तौलिहवा स्थित लुम्बिनी रोडको दक्षिणतर्फ अवस्थित रहेको छ ।