शिक्षा विकास तथा समन्वय एकाइको कार्य विवरण
शिक्षा विकास तथा समन्वय एकाइको कार्य विवरण यस प्रकार रहेको छ ।
- शिक्षासम्बन्धी संघीय कानुन, नीति निर्देशन कायक्रमको प्रवाहीकरण र कार्यान्वयनको अनुगमन तथा सो को प्रतिवेदन तयार गर्ने ।
- विद्यालय क्षेत्र विकास योजनाको कार्यक्रमको जिल्लास्तरमा कार्यान्वयन गर्ने, यसको कार्यान्वयनको जिल्ला स्तरीय प्रगति प्रतिवेदन तयार गर्ने, दिगो विकासका लागि शिक्षासँग सम्बन्धित विषयमा पद्धतिगत सूचकका आधारमा केन्द्रलाई प्रतिवेदन दिने ।
- प्रचलित कानुन, निर्धारित मापदण्ड, मानक, कार्य निर्देशिका, शिक्षामा समता, सूचक योजनाका उद्देश्य एवम् सूचकका आधारमा जिल्ला भित्रका विद्यालयहरूको समग्र शैक्षिक पद्धति भौतिक साधनको पर्याप्तता,मानवीयस्रोतको व्यवस्थापन, संस्थागत क्षमता तथा कार्य प्रगतिहरूको लेखाजोखा गरी स्थानीय तह, प्रदेश र संघलाई पृष्ठपोषण दिने ।
- राष्टिय पाठ्यक्रम प्रारुप र पाठ्यपुस्तकको प्रवोधीकरण, कार्यान्वयनको अनुगमन र रिपोटिङ गर्ने।
- स्थानीय पाठ्यक्रम निर्माण, कक्षा कोठामा गरिने शिक्षकहरूका कार्यमूलक अनुसन्धान, मातृभाषामा शिक्षा,विशेष प्रकृतिका विद्यालयहरूको सञ्चालन, द्वैभाषिक शिक्षा, बहुकक्षा, बहुवर्ग शिक्षण जस्ता विषयमा प्रबोधीकरण र मागको आधारमा सहजीकरण गर्ने ।
- कक्षा १० र १२ को परीक्षाको रजिष्ट्रेशन, परीक्षा आवेदन फारम संकलन, परीक्षा व्यवस्थापन र उत्तरपुस्तिका परीक्षण व्यवस्थापनसम्बन्धी कार्य गर्ने गराउने ।
- विद्यालय स्तरीय शैक्षिक तथ्याङ्कको जिल्लागत संकलन, विश्लेषण र रिपोटिङ्ग सम्बन्धी कार्य गर्ने गराउने ।
- विगतका जिल्ला शिक्षक छनौट समितिका निर्णयहरू, जिल्ला शिक्षा समितिका बैठक पुस्तिकाहरू, कक्षा ८ तथा एसएलसी/एसइइका मार्क लेजर र अभिलेखहरू सुरक्षित राख्ने र प्रमाणित गरी प्रतिलिपि दिने।
- स्थानीय तहले गर्ने कामसँग सम्बन्धित जस्तै शिक्षकको व्यक्तिगत विवरण, विद्यालय अनुमति सम्बन्धी, विद्यालय निर्माण सम्बन्धी अभिलेखहरू सम्बन्धित स्थानीयतहलाई हस्तान्तरण गरी सोको अभिलेख राख्ने।
- स्थानीय सरकारले तयार पार्ने गाउँ शिक्षा योजना र नगर शिक्षा योजनामा मागको आधारमा प्राविधिक सहजीकरण गर्ने र यस्ता योजनाहरूको नमूना छनौट गरी प्राविधिक लेखाजोखा गर्ने र सोको प्रतिवेदन प्रदेश र केन्द्रस्तरमा पठाउने ।
- जिल्ला भित्रका समसामयिक शैक्षिक मुद्दाहरूको पहिचान गरी सो को सम्बोधन तथा शैक्षिक सुधारका लागि सम्बन्धित निकायमा प्रस्तुत गर्ने ।
- विद्यालयहरूको विद्यालय सुधार योजना निर्माणका लागि विद्यालयको माग र आवश्यकताका आधारमा विशेषज्ञहरूको रोष्टर तयार गरी प्राविधिक सहयोग गर्ने ।
- विद्यालयहरूको सामाजिक परीक्षणका लागि विद्यालयको माग र आवश्यकताका आधारमा विशेषज्ञहरूको रोष्टर तयार गरी प्राविधिक सहयोग गर्ने ।
- नमूना विद्यालयहरूको विकास तथा विद्यालयमा नमूना शिक्षण गर्ने प्रयोजनका लागि र जिल्ला भरमा एकै प्रकारको न्यूनतम् शैक्षिकस्तर तथा गुणस्तर कायम राख्नका लागि विभिन्न स्थानीय सरकारहरूबीच नियमित सम्पर्क, सरसल्लाह र आवश्यक समन्वय तथा अन्तरक्रिया गर्ने ।
- जिल्लामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक तालिम, शिक्षकद्वारा गरिने कार्यमूलक अनुसन्धान र अन्य प्रवर्धनात्मक काम, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा र समावेशी शिक्षाका लागि आवश्यक तालिमका काममा समन्वय गर्ने ।
- जिल्ला भित्रका विद्यालय, प्राविधिक शिक्षालय र शिशुविकास केन्द्र सम्बन्धी अभिलेख तयार गरी प्रदेश र संघमा पठाउने ।
- शिक्षाको गुणस्तर अभिवृद्धिका लागि समय समयमा स्रोतव्यक्ति प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षको बैठक तथा अन्तरक्रियात्मक गोष्ठी सञ्चालन गर्ने ।
- स्थानीय सरकारबाट माग भै आए बमोजिम समय समयमा विद्यालयहरूमा भै रहेको पठनपाठनको निरीक्षण गर्ने ।
- शिक्षक नियुक्ति, बढुवा, र पदस्थापन सम्बन्धी शिक्षक सेवा आयोगबाट तोकिए बमोजिमका निर्देशित वा प्रत्यायोजित कार्यहरू गर्ने ।
- राष्टिय परीक्षा बोर्डबाट तोकिए बमोजिमका निर्देशित वा प्रत्यायोजित कार्यहरू गर्ने गराउने ।
- संघ र प्रदेश सरकारले तोकेका अन्य कार्यहरू गर्ने ।